
पूर्णपुष्टि, साउन १०
मादक पदार्थ सेवन गरी झगडा हुँदा पाँच महिने बालिकाको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।
शुक्रबार स्थानीय कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उचालेर घरको पिंडीमा फालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गम्भीर घाइते भएकी ती बालिकाको उपचारको क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएका छ ।
