Sunday, May 17News That Matters

सामान सार्ने क्रममा भिरबाट लडेर राईको मृत्यु

पूर्णपुष्टि, साउन १०

संखुवासभा सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राईको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकेरआउदै गर्दा बाटो लडेर राईको ज्यान गएको हो । बाटो साघुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि  थप अनुसन्धान भईरहेको छ ।