
पूर्णपुष्टि, साउन १०
जिल्ला प्रहरी कार्यालय उदयपुरले बाटोमा फेला पारेको नगद सहित महत्वपूर्ण कागजात आफन्तलाई जिम्मा लगाएको छ । त्रियुगा गनरपालिका ११ डिएमगेट स्थित ४७ हजार ७३० नगद, ग्लोबल आइएमइ बैँकको एटिएम, कार्ड, पासपोर्ट साईजको फोटोहरु लगायत बिभिन्न कागजातहरु आफन्तलाई बुझाइएको हो ।
शनिवार प्रहरी कर्यालय परिसरमै बोलाई सामानको धनी त्रियुगा नगरपालिका १० बोक्सेका जेनिथ खत्रिलाई सामान बुझाइएको हो ।
साथै सोही दिन हराएको मोवाईल पनि फेला पारी धनिलाई जिम्मा लगाइएको छ । उदयपुरगढी गा.पा.वडा नं ६ बस्ने मनिष राईको हराएको भिभो कम्पनिको १ थान मोवाईल खोज तलास गरि सम्बन्धित धनि राईलाई लाई मोवाईल बुझाइएको हो ।
