
पूर्णपुष्टि, साउन ९
मोरङ बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख८ हजार ५ सय, अमेरिकन डलर १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनिहरुलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाएको प्रहरीले जनाएको छ ।
