
पूर्णपुष्टि, साउन ९
मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट लागूऔषध सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लेटाङ ६ मिलन चोक का २२ बर्षीय रमेश पाचकोटी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
