
पूर्णपुष्टि, जेठ २३ । काठमाण्डौँको चाबहिलमा एक पूरुषले मादक पदार्थ सेवन गरी श्रीमती र तिन छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती बिन्दु सिंह, २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएपछि आफैलाई आगो लगाएका हुन् ।
काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार आगोबाट घाईते भएका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि
लगिएको छ । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको डिएसपी थेबेले बताए । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ भने अन्य तीन जनाको शरीरको ८ देखि १० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । मंगलबार राति मादक पदार्थ सेवन गरेका सिंहले झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ ।
