Tuesday, June 2News That Matters

मानसिक सन्तुलन गुमाएकी मीनाले गरी श्रीमानको हत्या

पूर्णपुष्टि, माघ ६
मानसिक सन्तुलन गुमाएकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।
मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका रोल्पाले जनाएको छ । अभियुक्त मिनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।