Friday, July 3News That Matters

मापदण्ड विपरीत यात्रु बोक्ने गाडीलाई कारबाही

पूर्णपुष्टि, साउन ४

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना विपरित यात्रु बोक्ने सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कार्बाही गरेको छ । मापदण्ड पालना नगरी धेरै यात्रु बोकेका सार्वजनिक गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई चलेका ३० वटा गाडीलाई हिजो महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी चलेका सार्वजनिक गाडीको विशेष जाँच गर्दा कारबाहीमा परेको महाशाखाले जनाएको छ ।

दिनभर नियन्त्रण लिएर आउँदा दिनमा गल्ती नगर्ने शर्तमा छाडिएको र अर्काे पटक पनि गल्ती गरेको भेटिए थप कारबाही गरिने प्रहरीले जनाएको छ । सार्वजनिक गाडी चढ्ने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशतभन्दा बढी भाडा लिन पाउने व्यवस्था छ ।

तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

यसैबीच उपत्यकामा आउँदो बिहीबारदेखि गाडी चलाउने महानगर यातायातले तयारी गरेको छ । यसअघि काठमाण्डौमा साझा, मयूर लगायतका यातायात कम्पनीका गाडी चल्न थालिसकेका छन् ।