Friday, May 22News That Matters

बनारसमा मुण्डन गरेको भिडियोमा देखिएको व्यक्ति नेपाली नभएको पुष्टि

पूर्णपुष्टि, साउन ४

भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ । उनी भारतीयको बनारसी नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेको बाराणसी प्रहरीले जनाएको छ ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो ।

भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो । भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो । विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

नयाँदिल्ली स्थित नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । त्यसक्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारवाही गर्ने बताएका थिए । तर पीडित भनिएका व्यक्ति प्रहरीकहाँ पुगेका थिएनन् ।

उनलाई शनिबार बाराणसी प्रहरीले भेटाएको छ । पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको जनाएको छ । ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा भएको प्रहरीले जनाएको छ ।

उनले भिडियो बनाए पावत १ हजार रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ ।

https://twitter.com/varanasipolice/status/1284453035175886848?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284453035175886848%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2020%2F07%2F882675