Tuesday, June 2News That Matters

माल्दिभ्स प्रहरीद्वारा आतङ्कवादीको आशङ्कामा ९ जना पक्राउ

काठमाडौँ, चैत १४ ।
माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ ।
स्थानीय सञ्चारमाध्यमले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिसँग सोधपुछ भइरहेको बताएको छ ।
आक्रमणको तयारी गर्दागर्दैको अवस्थामा संदिग्धहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यम मिहारुले जनाएको छ।
राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले शनिबार सबै टापुहरूको भ्रमण शुरु गरेपछि यो गिरफ्तारी भएको हो। रासस