
पूर्णपुष्टि, साउन २१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन र मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न मन्त्रालयले आग्रह गरेको हो ।
सर्जिकल तथा अरु किसिमको मास्क लगाउन सम्भव नभएमा कपडाको तीन पत्रे मास्क सिलाएर भए पनि अनिवार्य लगाउन आग्रह गरेको छ ।
अरुसँग बोल्दा थुकका छिटा आउन सक्ने भएकोले जो सुकैसँग कुराकानी गर्दा, पसलमा जाँदा वा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । कपडाको मास्क लगाएको भएमा दिनदिनै साबुन पानीले धोएर लगाउन सकिने जनाईएको छ ।
मन्त्रालयले घरमै बसेर भिडभाड नगरि चाडपर्व मनाउन भन्दै पाहुना नबोलाउन र आफू पनि पाहुना लाग्न नजान आग्रह गरेको छ ।
