
पूर्णपुष्टि सम्बाददाता
देउरी/२६ चैत्र, २०८२ ।
त्रियुगा नगरपालिका वडा नं. ५, देउरीको सहयोगमा पूर्णपुष्टि मिडियाले उच्च माध्यामिक तहका विद्यार्थीहरुका लागि मिडिया साक्षरता तथा अभिमुखिकरण कार्यक्रम आज देउरीमा सम्पन्न गरेको छ ।
वडाको सभाहलमा भएको र्काक्रममा सुशासनका लागि सञ्चार भन्ने नाराका साथ भएको हो । सहभागिहरुलाई मिडियाप्रति जिम्मेवार र सहिरुपले चिन्ने ज्ञान दिइएको थियो । उनीहरुको बुझाई र बास्तविक मिडिया क्षेत्रलाई बुझुनुपर्ने कुराप्रति चासो सहभागिको थियो ।
अहिलेको सञ्चारको युगमा गलत समाचार र भ्रामक कुराहरु फैलाउने प्रबृत्ती हावी भइरहेको छ । सामाजिक सञ्जाल र आम सञ्चारलाई फरक छुट्याउन र चिन्न नसक्दा समाजलाई भड्काउने गतिविधि बढि रहेको छ । यसै कुरालाई रोक्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विरशबाबु शाहीले बताउनुभयो ।
विद्यार्थीले क्याम्पसतहबाटै यस्ता कुराप्रति सचेत भएर समाजमा घलमिल हुँदा त्यसले सकारात्मक परिणाम दिने विश्वाससहित गरिएको कार्यक्रम सफल भएको वडासचिव रोशन थापाले प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा थप डिजिटल मिडिया साक्षरता कार्यक्रमसमेत ल्याउने बताउनुभयो । 
कार्यक्रमले आफुहरु खुसी र सामाजिक सञ्जाल सदुपयोग गर्न तथा जिम्मेवार मिडिया चिन्न मदत पुगेको प्रतिक्रिया सहभागिहरुको छ ।
वडासचिव रोशन थापा मगरको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलेको विशेष आतिथ्य, नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष इश्वर तामाङको आतिथ्य, पूर्णपुष्टि मिडियाका संरक्षक किसन राईको अध्यक्षता, सम्पादक भोटराज राईको प्रमुख सहजीकरण, गोपाल कृतिको सहजिकरण, विरशबाबु शाहीको संयोजनमा कार्यक्रम भयो । कार्यक्रमका लक्षित समुह वडा नं. ५ स्थित अन्नपूर्ण बोर्डिङ स्कुल र माध्यामिक विद्यालय श्रीपुरको ४० जना विद्यार्थीको उत्साहजनक उपस्थिति रह्यो ।
कार्यक्रमका तस्वीरहरु : गाेपाल कृती

