
पूर्णपुष्टि, असोज १८
महानगरीय प्रहरी वृत्त कालीमाटीले म्याद सकिएको सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई पक्राउ गरेको छ ।
कलंकीस्थित एक घरबाट म्याद गुज्रिएका चक्लेट, बेकरी बनाउने पिठो, चक्लेट र बेकरी आइटमममा प्रयोग गरिने रंगलगायतका सामग्रीसहित उनीहरुलाई बृत्तले नियन्त्रणमा लिएको हो ।
दुई तलाको घरमा ठूलो परिमाणमा यस्ता सामान रहेको प्रहरीले जनाएको छ । अकाउन्टेन्ट अनिलकुमार, प्रविनकुमार, आनन्द अवस्थी, सुमित अग्रवाल, किरणदेवी अग्रवाललगायत पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट म्याद गुज्रेको तेल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

