
मोरङ, असोज १८
मोरङमा मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बुढिगंगा–१ स्थितमा निबासी ४२ बर्षीय कमलप्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
हिजो राती सवाँ ९ बजे बुढिगंगा–१ राजमार्ग साईटमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनी उम्भिर घाईते भएका थियो । घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहानको राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरिक्षक रहेको खुल्न आएको छ । उनि सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थियो । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

