
पूर्णपुष्टि,जेष्ठ २९ । झापाको विर्तामोडमा सम्पन्न प्रदेश स्तरिय दोस्रो मिस्टर कञ्चनजंगा बडिविल्डिङका बिजेता बनेका उदयपुरका दिलिप कुमार चौधरीलाई गृह जिल्लामा भव्यताका साथ बधाई तथा सम्मान गरिएको छ । सोमबार गाईघाटको डिएम गेट स्थितमा रहेको (DNB fitness club)ले एक कार्यक्रमको आयोजना गरी त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतद्धारा विजेता चौधरीलाई बधाई तथा सम्मान ज्ञापन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले नगरको आगामी निति तथा बजेट कार्यक्रममा बडिविल्डिङ प्रतियोगितालाई पनि धेरै-थोरै रुपमा समेट्ने र नगरको पस्कमा पनि यो प्रतियोगितालाई समावेश गर्ने बताए । उनका अनुसार युवा लक्षति यस प्रतियोगिताले शारिरीक रुपमा ससक्त्र बन्न मद्त गर्ने बताए ।
कोशी प्रदेशमा सम्पन्न हाल सम्मकै ठुलो धनराशी भएको प्रतियोगिताको उपाधी चुम्न सफल चौधरीलाई उनका टिम म्यानेजर सिर्दाथ श्रेष्ट,उनी आवद्ध (DNB fitness club)का सञ्चालक डम्बर नारायण चौधरी (DNB) साथै क्लवका अन्य सदस्यहरुले खादा र अविर लगाई बधाई तथा सम्मान व्यक्त गरेका थिए । सम्मान कार्यक्रम प्रस्चात डिएम गेड देखि उत्साह जनक निकालिएको विजयी र्याली गाईघाटको मुख्य चौँक, पिपल चोक, पिजी चौक साथै पुरानो गाईघाटदेखि फुलचौक हुँदै बसपर्क सम्म पुगेको सञ्चालक चौधरीले बताए । उनेल यस्ता खाल्का प्रतियोगिता आगामी दिनमा जिल्लामै हुन सक्ने ठोक्वा गरे ।

गएको शुक्रवार झापाको विर्तामोड साईसिटि सेन्टरमा सम्पन्न प्रतियोगितामा ६५ केजी माथीको तौल समूहको च्याम्पियन बनेका दिलिपले ओभरहलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए । उनले प्रतियोगितामा उपाधीको ट्रफिसँगै नगद रु, ३ लाख ११ हजार १ सय १ रुपौया प्राप्त गरे ।








