
पूर्णपुष्टि, माघ २६
मुक्तिनाथ विकास वैँक गाईघाट शाखाले राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० थान प्लाष्टिकको कुर्सि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत विभिन्न संध संस्थालाई सहयोग गर्दै आईरहेको अवस्थामा त्रियुगा नगरपालिका वडा नं १०, गाईघाट राधाकृष्ण मन्दिर व्यवस्थापन समितिलाई ३० थान बस्ने प्लास्टिकको कुर्सीहरु हस्तान्तरण गरेको गाईघाट शाखा प्रमुख विनोद थापाले बताए ।

बैंकका कर्मचारी, समितिका सदस्य तथा अन्य स्थानीय नागरिकहरुको उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएको थापाले बताए । शाखा प्रमुख थापाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यलाई कुर्सी हस्तान्तरण गरेको छ । उक्त सहयोगले राधाकृष्ण मन्दिरमा आउने वृद्ध तथा थकितभक्तजन हरुलाई विश्राम र मन्दिर व्यवस्थापनमा पनि मद्दत पुग्ने विश्वासका साथ कुर्सि सहयोग गरेको थापाको भनाई छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आचार्यले मुक्तिनाथ विकास बैँक गाईघाट शाखालाई धन्यवाद व्यक्त गर्दै यस्तै सामाजिक कार्यमा सँधै अगाडी बढाईरहन जनाए । उनले यो धार्मिक क्षेत्रमा गरेको लगानी सहयोगले बैँकलाई सँधै सफलताको दिसा तर्फ लैजान समेत आफुमा विश्वास भएको जनाए ।
साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATMCard प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको समेत शाखाले जनाए । मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाहरु समेत बैंकको शाखाम ाभौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोगगर्न सकिने व्यवस्था जनाएको छ ।

