Thursday, May 21News That Matters

मुख्यमन्त्री राईविरुद्ध अपशब्द बोल्ने बालिका पक्राउ

वैशाख ९ 

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा  बालिका खड्का पक्राउ परेकी छन् ।

खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्दा चलाउने वा छाड्ने टुंगो लागिनसकेको प्रहरीले जनाएको छ ।

बिहीबार थापाथलीस्थित एमाले मुख्यालयको उद्घाटन कार्यक्रममा खड्काले मुख्यमन्त्री राईविरुद्ध गालीगलौज गरेकी थिइन् ।