
बैशाख ९
नेपालमा अहिलेसम्म करिब २ खर्व बराबरको वैदेशिक लगानी भित्रिएको एक तथ्याङ्कले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको देखिएको छ ।
नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सबैभन्दा धेरै भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्ट्स एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपालमा आएको बैंकले जनाएको छ ।
नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको छ । २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा, औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ ।
