
पूर्णपुष्टि, ११ साउन ।
कटारी नगरपालिका भित्रका सदा मुसहर समुदायबाट यस वर्षको एसईईमा उत्तीर्ण हुन सफल एकमात्र विद्यार्थी हिमाल सदा (मुसहर) लाई कटारी नगरपालिकाले निशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
कटारी ५ का श्याम सदा मुसहरको छोरा हिमालले भोर्ले माविबाट सिप्लस ल्याएर एसईई उत्तीर्ण गरेका हुन् । हिमाललाई कटारी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ तथा उपमेयर गिता खड्काले वधाईका साथै त्रिवेणी माविमा निशुल्क कक्षा ११ मा अध्ययन गर्ने छात्रवृत्ती प्रदान गरेका हुन् । सवै पढाई निशुल्क साथै आवश्यक पोशाकहरु समेत सहयोग गर्ने प्रतिवद्धता मेयर श्रेष्ठले जनाउनुभएको छ ।
