Thursday, April 30News That Matters

मृगौला पिडित छोरीलाई बचाईदिन रिक्सा चालक बाबुको अपिल

पूर्णपुष्टि, असार ५
गाईघाटमा एक रिक्सा चालक बाबुले आफ्नो छोरी बचाईदिन अनुरोध गरेको छ । रिक्सा चलाएर गुजारा टार्दै आएका बोक्से ठेगाना भई हाल त्रिनपा १३ जोखिपोखरी छेउ भाडामा वस्ने गणेश विकले मृगौला पिडित छोरीलाई आर्थिक सहयोग गरी बचाईदिन अनुरोध गरेको हो । बिकको ७ बर्षिया कलिलो छोरी मिना बिक मृगौला समस्याले ग्रसित छिन् । ठेला रिक्सा चलाएर परिवार धान्नै धौधौ परेका बिकलाई फरी एक्कासी अर्को बज्रपात परेको हो ।

बिकले छोरी बचाउने आशामा उपाएको विकल्प स्वरुपम सम्पूर्णमा आर्थिक सहयोगको याचना गरेको हो । छोरी बिरामी भएपश्चात काठमाण्डौँको बाल कान्ती हस्पिटलमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचारको क्रममा हस्पिटलले एक्कासी छोरीलाई मृगौला फेल भएको कुरा बताएको बिकले जनाए । पहिल्यै बाट सुन्नीने समस्याले छोरीलाई सताईरहेपछि हस्पिटल लगिएको बिकको भनाई छ ।

यसरी छोरीलाई एक्कासी ठुलो रोगले सताउँदा आफुहरु थप बिचल्ली बनेको बिकले जनाएको छ । खान लाउनै समस्या छ, उपचार गर्ने कुरा त काहाँ हो काहाँ, कसरी छोरी बचाउनु पर्ने हो ? उनले भने” कुनै विकल्प नभएपछि आफुले आर्थिक सहयोगका लागि हात फैलाउनु पर्ने अवस्था आएको उनले जनाए । बिकले बिभिन्न व्यक्तिहरु सित हात फैलाईरहेको भएपनि खासै सहयोगहरु संकलन नभएको गुणासो गरे ।

कसैलाई पिडा पोख्न थाल्योकी उनिहरुको १० कुारा १० बचन सुन्नु पर्छ खै के गर्ने गर्ने, समस्यामा परे । बिकको दुई छोरीहरु छन् । एउटा ठुली ११ बर्षकी भिइन् उनि ३ कक्षामा पढ्छीन् । यता कान्छीलाई भने रोगले सतायो । उनि भर्खर स्कुल लागेकी थिईन् । आर्थिक चपेटाकै कारण छोरीहरुलाई उचित शिक्षा र समयमै शिक्षा दिन सकेको अवस्था थिएन् । बिजोगले छोरीहरु हुर्काउँदै आएका विकले छोरी गुमाउनु पर्यो भने ठुलो क्षती बेहोर्नु पर्ने जनाए । दुख सुख बचाएर यहाँ सम्म ल्याएँ खान लाउन अपुग बनाईन । तर अहिले रोगले छोरीलाई समस्या बनायो । बिकले सुनाए ।

उनले जनप्रतिनिधिहरु तथा स्थानीय सरकारहरुले सहयोग गरोस भनेर अनुरोध पनि गरेका छन् । उनले जनप्रतिनिधिहरुले पनि आफुहरुलाई खासै चासो नदिएको जनाए । बाराम्वार मेयर वसन्त वस्नेतलाई भेट्न गैरहेको छु । उहाँ खाली व्यस्त भैरहेको हुन्छ । बल्ल भेट्दा पनि ४ जना ५ जनाले तानेर व्यस्त बनाउँछ । उनले गुनासो पोखे । १० नं वाडामा गुनासो राख्ने क्रममा साउन अन्तिम पर्खिनु पर्ने अवस्था आएको उनले जनाए । छोरीलाई जेष्ठ १ गते मृगौला फेल भएको कुरा पत्ता लागेको थियो । डाक्टरका अनुसार प्रत्यारोपनका लागि तत्काललाई ५ लाख रुपयाँ लाग्ने कुरा आफुलाई बताएको बिकले जनाए ।