
पूर्णपुष्टि, भदौ २३
कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुको तौलिहवाका–६२ वर्षीय पत्रकारको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।
मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

