
पूर्णपुष्टि, भदौ २३
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गतराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको स्वाब गत साउन १४ गते संकलन गरि परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएको थियो ।
ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

