
पूर्णपुष्टि, कात्तिक ४
उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर, प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रशासन कार्यालय कटारीका प्रमुखसहति ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यहि कार्तिक २ गते स्वाब संकलन गरेर परिक्षणको लागी विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएकामध्ये ४४, ५२, ४१ र ५० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
मयेरलाई कुनै लक्षण नदेखिएको छैन । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बसिदिन हुन अनुरोध गरेको छ ।
योसँगै जिल्लामा संक्रमितको सख्ंया २ सय ४ पुगेको छ ।
