
पूर्णपुष्टि, कात्तिक ४
उदयपुरको विकट पहाडी गाउँपालिका लिम्चुङ्बुङमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । लिम्चुङ्बुङ स्पोर्टस क्लवको आयोजना र एसवीआई बैंक बाराहा शाखाको प्रायोजनमा भएको प्रतियोगीतामा द ब्याच्लरले उपाधी हात पारेको हो ।
द ब्याच्लरका विनय श्रेष्ठ र अनिल राईको जोडिले प्रतियोगीताको उपाधी चुमेका थिए भने थारु ब्रोदरका सरद चौधरी र दिलीप चौधरीले दोस्रो स्थान हाँसिल गरेको आयोजकले जनाएको छ । प्रतियोगीताको प्रथम र द्धितियलाई ¥याकेट प्रदान गरीएको थियो ।
गाउँपालिकाको केन्द्र बाराहामा यही कात्तिक २ गतेदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगीता आज सम्पन्न भएको हो । प्रतियोगीतामा पालिका भित्रका कर्मचारी र शिक्षक गरी ७ टिमले सहभागिता जनाएको लिम्चुङ्बुङ गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताउनुभयो ।
पालिकाले ब्याडमिन्टन कोटको स्तरउन्नती गरेर ब्याडमिन्टन खेलको सुरुवात गरेको अधिकृत राईले बताउनुभयो । स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको एक खेल पनि हो ।
