
पूर्णपुष्टि,असार १४ । जिल्ला फुटवल संघ उदयपुको आयोजनामा जारी स्व.लालसेर राई स्मृति २३औँ मेयरकप फुटबल प्रतियोगिताको क्वाटर फाईनल खेलमा वडा नम्बर ८ र १३ विजयी भएको छ । बुधवार सम्पन्न पहिलो खेलमा वडा नम्बर ८ संग वडा नम्बर १३ बिच प्रतिस्पर्धा भएको थियो ।
क्वाटर फाइनल खेलको पहिला चरणमा वडा नम्बर ८लाई वडा नमबर १३लाई १ गोलको विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाएको हो । पहिलो हाफको ६औँ मिनेटको खेल चलिहँदा जर्सी नम्बर ७का खेलाडि हेम दनुवारले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । प्रतियोगिताको निर्णायक खेल प्रदर्शन गरेका हेमले पूर्ण टिमका लागि २ गोल गर्दै टिमलाई दोव्वर अग्रता दिलाएको थियो । यता विपक्षी टिममा रहेको वडा नम्बर १३को तर्फबाट खेलको अन्तिम चरणको समयमा जर्सी नम्बर ११का खेलाडि दिपेश प्रधानले गोल गर्दै टिमको लागि खाता खोलेका थिए । जस अनुसार पहिलो खेलको प्रतियोगितामा वडा नम्बर १३ले वडा नम्बर ८ संगको खेलमा हार व्यह्वर्नु परेको छ ।
सोहि दिनको दास्रो खेलमा वडा नम्बर ५ विरुद्द वडा नम्बर १२ बिच भएको दोस्रो क्वाटर फाईनल खेलमा वडा नम्बर ५लेको तर्फबाट जर्सी नम्बर ११का खेलाडिले दोस्रो हाफको ५६औँ मिनेटमा गरेको गोलनै निर्णायक बनेको हो । दुवै टिमका खेलाडिहरुले एक अर्कालाई प्रतिद्दन्धीको रुपमा आफुलाई प्रस्तुत गर्दै खेल खेलेता पनि अन्तत वडा १३लाई पछि पर्दै वडा ५ले सेमिफाइनलमा प्रवेश पाएको हो । खेलको म्यान अफ द म्याच वडा १२का जर्सी नम्बर ५का खेलाडि युवराज थापाले नगद रु १ हजार मेडल प्राप्त गरे ।
