Friday, June 12News That Matters

मेयर साम्पाङको अनुरोध, मिडियाकर्मी जनताको कान आखाँ दुवै हो, निष्पक्ष सूचना धरानवासीको घरघरमा पुराईदिनु होला

पूर्णपुष्टि, जेष्ठ १०
तत्कालै नवनिर्वाचित धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानका संञ्चाकर्मीहरुलाई सत्य तथ्य निष्पक्ष सूचनाहरु धरानवासीको घरघर पुराईदिन अनुरोध गरेका छन ।
मेयर राईले आफ्नो पदभार ग्रहणका क्रममा उपस्थित पत्रकारहरुलाई यस्तो अनुरोध गरेका हुन् । राईले संञ्चारकर्मीहरु जनता र धरानवासीहरुका लागि कान र आँखा दुवै भएका हुनाले उपमाहानगरमा भएका निष्पक्ष कामहरुको सत्यतथ्य सूचना धरानवासीहरुमा पुराउन अनुरोध गरे ।

उनले आफ्नो पदभार ग्रहण सँगै धरानको करको अवस्था अध्यन टोली निर्माणको क्रममा उपस्थित सम्पूर्ण व्यक्ति, प्रशासकीय अधिकृत, उपमेयर लगायत सम्बन्धित व्यक्तिहरुलाई धन्यवाद दिँदै उपस्थिति संञ्चारकर्मीहरुलाई निष्पक्ष सूचना संप्रेशन गरी धरानका कामहरुलाई सहयोग गरिदिन अनुरोध गरे । राईले जुनजुन पार्टीमा आस्था रहेपनि धरानको समग्र विकासलाई जोडदिन सबैको सकरात्मक सहयोगको आवश्यक रहेको जनाए । उनले उपस्थित संञ्चारकर्मीहरुलाई बिषेश धन्यवाद समेत दिए ।