
पूर्णपुष्टि, माघ २० गते ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ का चन्द्रमान दनुवार लामो समयदेखी मेरुदण्डको समस्याले थला परेको अवस्था थियो । उनि रुखबाट लडेर मेरुदण्ड भाँचिएको अवस्थामा कस्टकर जिवन यापन गर्न बाध्य थिए । यस्तै त्रियुगा नगरपालिका वडा नं ५ का संगिता राई र पूर्ण बहादुर थापा पनि शारिरीक रुपले अशक्त जिवन यापन गर्दै आएका थिए । उनिहरुलाई जिवन यापन गर्न करिब अरुको साहाराको खाँचो छ ।

यसै मर्मलाई बुझ्दै सुवास राउत र छविन मगरले उनिहरुलाई व्यक्तिगत लगानीमा ३ ओटा ह्विलचियर सहयोग गरेको छ । शुक्रबार बिभिन्न राजनितिक दलको व्यक्तित्व, आफन्त र समाजसेवीहरुको हुलमा उक्त चियर प्रदान गरेको हो । किसानी जिवन दैनिकिको क्रममा उनिहरुले आफ्नो सपाङ्गता शरिर गुमाउन पुगेको हो । उनिहरुलाई निवासमै पुगी तिनै जनाको दैनिक जिवनलाई सहज र सरल तुल्याउन चियर वितरण गरिएको छ । प्रदेश नं १ की उप–सभामुख शृजना दनुवार, एमाले केन्द्रीय सदस्य तथा पुर्ब प्रदेस सभा सदस्य अम्बिका थापा, वडा अध्यक्ष धुर्ब खत्री, वडा सदस्य,अर्जुन पोखरेल पाटिका विभिन्न तह र तप्काका नेता र भद्र भलाद्मीहरुको उपस्थितिमा ह्विलचियर उपलब्ध गराउने काम भएको छ ।

