Thursday, June 25News That Matters

मेरुदण्ड भाँचिएर थला परेका राईको आर्थिक अभावमा उपचार हुन सकेन, आर्थिकको लागि सहयोगको अपिल

पूर्णपुष्टि, मंसिर १५
उदयपुर जिल्ला,रौतामाई ग़ाउपालिका वार्डन ३ लाफागाउँका मणि कुमारी राईको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । ब्लड प्रेसर हाईका कारण घरको माथिल्लो तलाबाट खसेर मुरुदण्ड बाँचिएका राईको आर्थिक अभावकै कारण उपचार हुन सकिरहेको छैन् । राई परिवारले सबै सामु सहयोगगको अपेक्षा गर्दै उपचारमा ठेवा पुराईदिन अनुरोध गरेको छ ।

४३ बर्षिया राईको ३ छोराछोरी छन् । आफ्नो त्यो अवस्थाका कारण छोराछोरीहरुको पढाई पालन पोसनमा समेत ठुलो असर परेको छ । गत बार्षको पौष ८ मा लडेर थलिएको राईको आर्थिक समस्याले समयमै उपचार हुन नसक्दा झनै जटिल अवस्था बन्दै गएपछि परिवारले सहयोगको अपिल गरेको हो । राईले पुरै मेरुदण्ड ढाँड गुमाएको छ । उनि हिड्डुल गर्न र अन्य सामान्य कामहरु समेत गर्न सक्दैनन् ।

परिवारको अनुसार उनी अहिले नर्कको जिवन विदाई रहेको जनाएको छ । उनिलाई पहिले झै सामान्य अवस्थामा ल्याई छोराछोरीहरुलाई समेत भविष्यको बाट तर्फ लैजाना निमित्त पनि उपचार गर्न हतार परेको छ । उनलाई सहायोग गर्न यस नम्वरमा ९८६३१७६५९४ सम्पर्क गर्न सकिने छ ।