Thursday, June 18News That Matters

मेसी अमेरिकन क्लवमा जाने पक्क

पूर्णपुष्टि,जेष्ठ २५ । अर्जेन्टिनी लेजेन्ड लियोनल मेसी अमेरिकन क्लब इन्टर मायामी जाने बिबीसीले जनाएको छ। फ्रेन्च च्याम्पियन पिएसजी छोडेसँगै मेसीको अबको यात्रा अमेरिकन क्लब हुने जनाइएको छ।

बार्सिलोनाका पूर्व स्टार मेसीले साउदी क्लब अल– हिलालको कीर्तिमानी रकम अस्विकार गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन्। मायामीसँगको सम्झौताका दौरान उनले एडिडास र एप्पलसँग समेत सहकार्य गर्ने छन्।

३५ वर्षीय मेसीले गत वर्ष विश्वकपको उपाधि जितेका थिए। ७ पटक बालोन डिओर मेसीले युरोपबाहिर पहिलो पटक खेल्न लागेका हुन्। उनी कम्तीमा एक सिजन अब युरोपबाहिर रहनेछन्। कतिपयले उनको युरोप बाहिरको यो यात्रालाई रणनीतिक मानेका छन्। धेरैले उनी साउदी जाने अनुमान गरेपनि मियामी यात्रालाई अप्रत्यासित मानेका छन्।

उनले २०२१ मा बार्सिलोना छाडेपछि पिएसजीमा अनुबन्धन भएका थिए। मेसी बार्सिलोनामा सर्वाधिक ६७२ गोल गरेका छन्। साथै उनले १० लालिगाको उपाधि जित्दा ४ च्याम्पियन्स लिग तथा ७ स्पेनिस कप जितेका थिए। उनलाई बार्सिलोनाले पनि क्लबमा भित्र्याउने प्रयास गरेको थियो।