Thursday, June 18News That Matters

अत्याधिक गर्मीका कारण कटारी नगरपालिकाले विद्यालयलाई थप दुईदिन विदा

पूर्णपुष्टि,जेष्ट २५ । पछिल्लो समयको केहि दिने यता देशभर अत्याधिक मात्रामा गर्मी ह्वातै बढेको छ । अत्याधिक गार्मी अनि तातो हावाको कारण कटारी नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुलाई थाप दुई दिन विदा दिएको हो । जस अनुसार यस अघि गर्मीका कारण बर्खे विधाबाट कट्टा हुने गरी गत आईतवार देखि बुधवार सम्मको लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको थियो ।

बुधवार नगरपालिकाले एक सुचना जाहेरी गर्दै आज र भोलिका लागि विदा दिएको हो । आईतबारबाट भने आवश्यकता र अवस्था अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालय संञ्चालन गर्ने र विदा गर्न सक्ने पनि सुचनामा उल्लेख गरिएको छ ।