Tuesday, June 9News That Matters

मैदान भासिएर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु

पूर्णपुष्टि,बैशाख ३ । पोखरा महानगरपालिकामा मैदान फाटेर बनेको प्वालमा खसेकी बालिकाको मृत्यु भएको छ । शविबार खेल्ने क्रममा पोखरा महानगरपालिका–८, नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली प्वालमा खसेको हो ।

पोखरा महानगरपालिका(१५ स्थित सिताराम हाउजिङ नजिकै रहेको खेल मैदान भासिएर बनेको प्वालमा बालिका खसेर अड्किएकी थिइन् । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली खटिएको थियो । गोताखोरले अन्दाजी दुई सय मिटर गहिराईबाट बालिकालाई निकालेका थिए।

अचेत अवस्थामा रहेकी उनलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका प्रहरीले जनाएको छ ।