
पूर्णपुष्टि, चैत ११
सर्लाहीमा मोटरसाइकलको ट्यांकीभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने एक जना पक्राउ परेको छ ।
नबलपुर–मलंगवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका–४ बाट विशेष सूचनाको अधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको तेल ट्यांकीमा लागुऔषध लुकाएको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मलंगवाबाट नबलपुरतर्फ आउँदै गरेको बीआर३०एफ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा तेल ट्यांकीमा लुकाई राखेको क्लोरफेनिरेमाइन माइलिट ७ थान, कोडिन फस्फेट सिरप–वाइनक्यारेक्स लेखिएको ५९ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
तेल ट्यांकीमा लागुऔषध लुकाउने मोटरसाइकल चालक बागमती नगरपालिका–४ बस्ने ४० वर्षीय आइते लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेको लामामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
