Monday, July 6News That Matters

उदयपुरमा लागुऔषधसहति २ जना पक्राउ

पूर्णपुष्टि, चैत ११ 

उदयपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेको छ । कटारी नगरपालिका–१ बेलस्रोतबाट लागुऔषधसहित मंगलबार पक्राउ परेको हो ।

लागुऔषध ओसारपसार विक्रि वितरण भैरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका विशेष प्रहरी टोलीले संकास्पद मानिसहरुलाई चेकजाँच गर्ने क्रममा कनपा–३ बस्ने २२ वर्षीय ऐसान खान र २० वर्षीय सुमन वोगटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खानले लगाएको कालो ज्याकेटको गोजीमा कालो प्लाष्टिकको झोला भित्र लाकाई छिपाई ल्याउदै गरेको अवस्थामा निट्राभेट १० लेखिएको १५ ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको ७२ ट्याब्लेट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।