Tuesday, June 9News That Matters

लागुऔषधसहति एक जना पक्राउ

पूर्णपुष्टि, चैत ११ 

झापाको मेचीनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । मेचिनगर–६ का २० वर्षीय विवेक नेम्वाङ १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेको हो ।

भारतको पानीटंकीबाट नेपाल तर्फ आईरहेको अवस्थामा मेची पुलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेको नेम्वाङमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।