
पूर्णपुष्टि, असार ११
मोटरसाइकलबाट खसेर एकजना युवकको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवरको ज्यान गएको हो ।
मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग २० प २३०५ नम्बरको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
