
पूर्णपुष्टि, असार ११
१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले लिच्चीको बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको छ । राईले आफ्नो जन्मदिनको अवसरमा फलफुल रोपेको तिस्विर फेसबुकमा राख्दै जन्मदिनबारे स्टाटस लेखेका छन् ।
गत बर्ष बाट आफ्नो जन्मउत्सवको अवसरमा बोट विरुवा रोप्ने कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको स्टाटसमा लेखिएको छ । उनले लेखेका छन्” गत बर्षदेखि फलफुलको बिरुवा रोपेर जन्म दिन मनाउन शुरु गरेको कामलाई निरन्तरता दिएकोछु !! आज मैले मेरो जिवन संगिनीको साथमा आफ्नै निवासमा मिठो फलफुल लिच्चीको बिरुवा रोपेर जन्म दिन मनाएको छु ।
आजको दिन यस धर्तीमा पाइला टेकाउनु हुने पुजनीय आम्मा र आप्पाप्रति उच्च सम्मान प्रकट गर्दै सेवाढोग अर्पण गर्न चाहन्छु । अनि बिभिन्न माध्यमबाट शुभकामना र आर्शीबाद दिनुहुने आफन्तजन, मान्यजन, मित्रजन सबैमा धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहान्छु । स्टाटसमा लेखिएका छन् । उनले आफ्नो श्रीमती सँग निवासमै बिरुवा रोपेका छन् ।
