Thursday, April 23News That Matters

मोटरसाईकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

पूर्णपुष्टि, फागुन ६ । मोरङमा मोटरसाईकलको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरी शनिश्चरे नगरपालिका–१० का ५० बर्षीय प्रेम बहादुर चौहान रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुत्रबार पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम बस स्टेण्ड स्थित पूर्व पश्चिम
राजमार्गमा मोटरसाईकलको ठक्करबाट साईकलयात्री चौहानको मृत्यु भएको हो । साँझ साढे ६ बजे कानेपोखरीबाट पथरीतर्फ आउदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाईकलले चौहानलाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते  चौहानलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक शनिश्चरे नगरपालिका–१ का ५१ बर्षिय किरण घिमिरे समेत सामान्य घाईते भएकोले पथरी अस्पतालमा उपचारभईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।