Thursday, June 18News That Matters

मोटरसाईकल अनियन्त्रित हुंदा एक जनाको ज्यान गयो

पूर्णपुष्टि, साउन २४

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौली चोक स्थितमा को ८ प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ वर्षीय हेमन्त उराउ गम्भीर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा राती सभा ९ बजे ज्यान गएको अस्पतालले जनाएको छ ।

मोटरसाईकल र चालक ईनरुवा नगरपालिका–९ बबिया का ४० वर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।