Thursday, June 18News That Matters

सुनचाँदीको मूल्य ह्वातै घट्यो

पूर्णपुष्टि, साउन २४

सुनको भाउमा आज भारी गिरावट आएको छ । सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि आज प्रतितोला २५ रुपैयाँले गिरावट भएको छ । शुक्रबार चाँदीको प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।