
उदययपुर, माघ २० गते ।
मदन भण्डारी राजमार्ग अन्र्तगत त्रियुगा नगरपालिका–९ बाँसबारीमा मोटरसाईकल एकआपसमा ठोकिदा चार जना घाईते भएका छन् । सोमबार दिउँसो करिब ४ बजे मोटरसाईकल एकआपसमा ठोकिदा चार जना गम्भिर घाईते भएका हुन् ।
चुहाडेबाट गाईघाट तर्फ आउँदै गरेको स ३ प १९१० नम्बरको मोटरसाईकल र गाईघाटबाट उदयपुरगढी जाँदै गरेको लु ५३ प २२५१ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
स ३ प १९१० नम्बरको चालक त्रिनपा–९ गैरुन निबासी ७९ वर्षीय विनोद चौधरी र पछाडी सवार ६७ वर्षीय आनन्दलाल चौधरी गम्भिर र्घाइते भएको छ । त्यस्तै लु ५३ प २२५१ नम्बर मोटरसाईकलको चालक उदयुरगढी गाउँपालिका–७ निबासी २६ वर्षीय खड्ग मगर र पछाडी सवार रौतामाई गाउँपालिका निबासी ३७ वर्षीय हर्क मगर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरी जिल्ला अस्पतालमा उपचारका लागि पठाएको थियो । जिल्ला अस्पतालमा उपचार प्रश्चात गम्भिर प्रकृतिका घाईतेहरुलाई विराटनगर पठाएको प्रहरीले जनाएको छ ।
गम्भिर प्रकृतिका त्रिनपा–९ गैरुनका ७९ वर्षीय विनोद, ६७ वर्षीय आनन्दलाल र रौगापा निबासी ३७ वर्षीय हर्कलाई विराटनगर रेफर गरीएको छ भने खड्गको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
