Friday, May 15News That Matters

सरकार पूर्ण रुपले असफल भएको छ : पूर्वमन्त्रि यादव

उदयपुर, माघ २० गते । 

गाईघटमा भएको एक पत्रकार सम्मेलनमा सरकार पूर्ण रुपले असफल भएको कानुन, न्याय तथा संसदीय मामिला पूर्व मन्त्रि तथा समाजबादी पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यावले बताएका छन् । मुलुक आर्थीक रुपले अगाडी बढ्नु पर्ने, संविधान संसोधन गर्नु पर्ने, मुलुकमा देखा परेका समस्याको समाधान गर्नु पर्ने लगयातका कुराहरुलाई हल गर्ने कार्यमा सरकार पूर्ण रुपले असफल भएको पूर्व मन्त्रि यादवले बताएका हुन् ।

पूर्व मन्त्रि यादवले भने “कानुनहरु निर्माण गर्दा लोकतन्त्र मुल्य मान्यता विपरित प्रेस ऐन, विशेष सेवा ऐन, सेना प्रयोग ऐन लगायतका ऐन निर्माण भएको छ ।” शान्ति सुरक्षा, भ्रष्ट्रचार नियन्त्रण, कृषी क्षेत्रको रुपन्तरण गर्न नसक्दा सरकार असफल भएको गाईघाटमा भएको पत्रकार सम्मेलनमा पूर्व मन्त्रि यादवले बताए ।

अमेरीकन सहयोग एमसीसी सरकारले लागु गररे खुलेर सम्बोधन गर्ने पूर्व मन्त्रि यादवले बताए । मुलुकले जति आर्थीक, सामाजिक रुपान्तरण तर्फ गती लिनु पर्ने हो त्यति गती लिन सकेको छैन । पुजी पलायन भईरहेको छ । लगानी सम्मेलन गरेपनि अहिलेसम्म बाहिरी लगानी भित्र्याउन नसक्नु र बजेट खर्च नसक्नाले सरकार असफल भएको पूर्व मन्त्रि यादवले बताए । सरकारले बन्द भएका उद्योग संचालन गर्न नसक्नु र नयाँ उद्योग स्थापना गर्न सकेको छैन । अहिले पनि मुलुक अप्ठ्यारो अवस्थाबाट निस्कन नसकेको पूर्वमन्त्रि यादवले बताए । सैविधान संसोधनका लागि गरिएको सहकार्य डेढ वर्ष वितीसक्दा समेत सम्बोधन नगरी नगर्ने भएपछि सहमती फिर्ता लिएर प्रतिपक्षीको रुपमा उभिएको पूर्व मन्त्रि यादवले बताए ।