Sunday, June 7News That Matters

डेढ लाख घुससहित नायव सुब्बा पक्राउ

माघ २१ गते । 

जनकपुरधाम भन्सार कार्यालयबाट घुससहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

भन्सार कार्यालयको नायव सुब्बा अहमदरज्जा अन्सारीलाई सेवाग्राहीसाँग एक लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको आयोगले जनाएको हो ।

जनकपुरधामको पिडारी चोकबाट अन्सारीलाई पक्राउ गरेको आयोगले जनाएको छ ।