
उदयपुर, माघ २१ गते ।
उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१३ असारी दनुवारी टोलबाट स्थानीय नारायण चौधरी पक्राउ परेको हो ।
दनुवारीमा चेकजाँच गर्ने क्रममा बा ३१ प ६६७८ नम्बरको मोटरसाईकलमा सवार स्थानीय २६ वर्षीय चौधरीको साथबाट डाईजोल्इाब ३३ एम्पुल, लेबल विनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको जल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
