Wednesday, June 10News That Matters

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, कार्तिक १४
झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जना चालकको ज्यान गएको छ । जिल्लाको अर्जुन्धारा नगरपालिका–११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सोही स्थानका १८ वर्षीय कुसल दासको ज्यान गएको हो ।
हिजो राती साढे ९ बजे पश्चिम तर्फ जादैँ गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पु¥याउन साथ उनको ज्यान गएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।