Thursday, May 14News That Matters

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पूर्णपुष्टि, फागुन १६ । मोरङको बुढिगंगा गाउँपालिका–४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सप्तरी सप्तकोशी गाउँपालिका–१ का १९ बर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका–९ का १६ बर्षीय समिर चौधरी रहेका छन् ।

हिजो बिहान ९ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन पुक्दा दुबै जना घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी बिराट टिचिङ अस्पताल गंगाचौकमा लगिएको थियो । उनिहरुको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।