Thursday, May 21News That Matters

मोटरसाईकल दुर्घटनामा परी उदयपुरका दुई जना गम्भिर घाईते

पूर्णपुष्टि,जेष्ठ २६ । काभ्रे जिल्लाको भकुण्डेवेसी सडकखण्ड अन्तरर्गत मोटरसाईकल र बोलेरो एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । गत बुधवार उदयपुरको गाईघाटबाट काठमाडौ तर्फ जाँदै गरेको स १० प ८२४९ नम्बरको पल्सर २२०को मोटरसाईकल संग विपरित दिशाबाट आएका बा.२० च ७१०४ नम्बरको बोलेरो बिच करिव १२ बजेको समयमा ठोक्किदाँ माटरसाईकामा सवार दुई जनाको खट्टामा गहिरो चोट लागेको थियो ।

दुर्घटनामा परी घाईते भएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१०,का स्थानीय हरिचन्द्र राई र उनकी छोरी ममता राई रहेको जनाएको छ । उनीहरुलाई सडक दुर्घटना पश्चात उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उदयपुरको युवा नेता तथा समाजसेवी ज्ञानेन्द्र मगरले हरिचन्द्रको दाहिने खुट्टाको हड्डी फुटि घाइते भएको र उनकी छोरी ममताको पनि दाहिने खुट्टामै गहिरो चोट लागेको जानकारी दिए । हाल दुबैको स्वस्थ्यमा केहि सुधार आउँदै गरेको तर छोरीको भने अवस्था गम्भिर हुँदै गएको जनाएको छ ।

दुर्घटनाको प्रकृति हेर्दा बोलेरोको गल्ती देखिएको साथै बोलेरो घटना स्थलकै स्थानीय कृष्ण मनि सिक्देलको भएको कारण गल्ती स्वीकार गर्न नचाहेको तर आज भने यी दुवै पक्ष बिचको छलफलले बोलेरोकै गल्ती भएको स्वीकार गरेका छन् । छलफलले दुर्घटनमा घाईते भएकाहरुलाई सिक्देलले उपचार खर्च व्यहोर्ने सहमति भएको छ ।