Sunday, April 19News That Matters

मोटर जोड्ने क्रममा करेन्ट लागेर एकको ज्यान गयो

पूर्णपुष्टि, भदो २४
मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाको ज्यान गएको छ । ग्रामथान गाउँपालिका गिदनिया–५ का ३० वर्षीय सन्तोस बिश्वासको करेन्ट लागेर ज्यान गएको हो ।
हिजो दिउसो सँवा १ बजे ग्रामथान–५ लवारे स्थितमा रहेको कुखुरा र्फाममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बेहोस बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो २ बजे ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।