
पूर्णपुष्टि, भदौ २४
उदयपुरमा लिफ्ट मागेर कुटपिट गरी रकम लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका–८ वर्मी जंगलमा बोलेरो चालक सोेही नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश श्रेष्ठलाई कुटपिट गरी रकम लुटपाट गर्ने ओखलढुङगा चिसङकुगढी गाउँपालिका–३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ परेको हो ।
मंगलबार गरिब साँझ ५ बजेको समयमा वर्मी स्थित जंगलमा प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरो ओखलढुंङगा खाद्यन्न पुराई कटारी तर्फ आउने क्रममा श्रेष्ठले आफू पनि एक ब्यापारी भएको र सामान लिन कटारी जान लागेको भनेर गाडिमा लिफ्ट मागेका थिए । श्रेष्ठले जंगलमा पिसाव फेर्न भनी गाडी रोकेको अबस्थामा बोलेरो चालकलाई पछाडिबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई निजको साथमा रहेको नगद १३ लाख ७७ हजार ८९५ र लाभा कम्पनिको १ थान मोवाईल लुटपाट गरी फरार भएका थिए । घटनाको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यलय कटारी र अस्थायी प्रहरी पोष्ट बेतिनीबाट तत्काल प्रहरी परिचालन गरी कटारी नगरपालिका–४ गबुवा स्थित जंगलमा लुटेको रकमसहित श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई आवश्यक अनुसन्धान सुरु गरिएको छ । घाईते बोलेरो चालक श्रेष्ठको उद्दार गरी प्रहरीले कटारी अस्पतालमा उपचार गरी घर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
