Wednesday, May 27News That Matters

मोतिगडा क्वारेन्टाइनमा बस्नेको संख्या ४ पुग्यो, जिल्लाभरमा ३५ पुग्याे

पूर्णपुष्टि, चैत १८ । 

त्रियुगा नगरपालिकाले बनाएको मोतिगडास्थित क्वरेन्टाइन आज एकजना थपिएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार स्थानीय एक व्यक्तिलाई क्वरेन्टाइनमा राखिएको हो । हिजो मात्र उक्त क्वरेन्टाइनमा ३ जना बसेका थिए । हिजो र आज गरी मोतिगडा क्वरेन्टाइनमा बस्ने ४ जना पुगेका छन् ।

नगरपालिकाले खानेबस्नेको व्यवस्था मिलाएको छ । साथै चिकित्सकहरुले उनीहरुको नियमित स्वस्थ्य चेकजाँच गर्ने गरेका छन् । बसाईको क्रममा कुनै स्वस्थ्य समस्या देखिएमा उनीहरुलाई आइसोलेशनमा रेफर गरिन्छ भने १४ दिनसम्मको बसाईमा सामान्य रहे घर पठाइन्छ ।

त्यस्तै जिल्ला अस्पतालको आइसोलेशनमा आज थप एकजना आएका छन् । हिजो एकजना रहेकोमा आज एक थपिएर दुईजना पुगेका छन् ।

स्थानीय सरकार र सरकारी निकायबाट संक्रमणको आशंका गरिएकाहरुको खोजी तथा पहिचान बढेसंगै क्वारेन्टाइन तथा आइसोलेशनमा बस्न आउने क्रम बढेको हो ।

आज जिल्लाभरमा भने क्वारेन्टाइनमा रहनेको संख्या ३५ पुगेको छ । कटारीको त्रिवेणी बेलसोतस्थित क्वरेन्टाइनमा २६ जना, रौतामाईमा ५ र त्रियुगा नगरपालिकामा ४ जना रहेका छन् ।

पछिल्लो समय देश बाहिर र कामको सिलसिलामा विभिन्न ठाउँ गएका उदयपुरबासीहरु जिल्ला फर्कने क्रम तिब्र रहेको छ ।