
पूर्णपुष्टि, चैत ८
मोरङको बिराटनगर–७ स्थित कोशी अस्पताल परिषरमा लेटाङ–५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा मृत्यु भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको पाथिर्व शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले नेपाल प्रहरी संगठनको झण्डा ओढाउनु भई पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । साथै प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
